काठमाडौँ – साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले घरेलु नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालय सातदोबाटोस्थित खेल मैदानमा भइरहेको खेलमा पहिलो हाफ सकिँदा बंगलादेशले नेपालविरुद्ध १–० गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा फेरि अर्को गोल थपेर २-० को अग्रता लिएको हो।
खेलको ९औँ मिनेटमा निराजन धामीको उत्कृष्ट प्रहार बङ्गलादेशका ‘किपर’ मोहमद आसिफले गोल हुनबाट बचाए। त्यसपछि पनि नेपालले गोल गर्न प्रयास गरे पनि असफल भयो।
यसपटकको साफ च्याम्पियनशिपको उपाधि जितेर ‘ह्याट्रिक’ गर्ने नेपालको चाहना बंगलादेशले पूरा हुन नदिने सम्भावना बढेको छ।
यसअघि नेपालले सन् २०१५ र सन् १०१७ मा साफ च्याम्पियनशिपको उपाधि जितेको थियो। बंगलादेश पनि आज पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 87