Aamsanchar

शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राईको ह*त्या गरी फरार प*क्राउ

Author Image
बुधवार, भदौ १२, २०८१

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१० शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राईको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालका–७ घर भई हाल काठमाडौँ–१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

यही भदौ १० गते काठमाडौँ–१० शंखमुल साईबाबा पार्कस्थित रुपकले सञ्चालन गरेको पुल हाउसमा उनलाई कुटपिट गरी घाइते बनाइ आरोपी फरार भएको र राति मृत्यु भएको थियो।

पक्राउ परेका निज एमकेको कोठाबाट घटनामा प्रयोग गरिएको रड एक थान, मृतक रुपकको चेक, चस्मा, झोला, लुगालगायतका सामान फेला पारी बरामद गरी नियन्त्रणमा लिई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर