गुलरिया – भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैधरुपमा गोदाममा राखिएको मोटरसाइकलमा प्रयोग हुने मोबिल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल न्यौपानेको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा अन्दाजी ५ लाख ३३ हजार ५० रुपैयाँ बजार मुल्य बराबरको इन्जिन आयल ९मोविल० नियन्त्रणमा लिएको हो ।
बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्याउली बजारका वसन्त सिंह ठकुरीको कोही नबस्ने घरमा राखिएको सर्वो ४ टी २० डब्लु ५० नामक १ लिटरको मोविल ४ सय ६५ वट्टा र बजाज डीटीएस–१ १००० लेखिएको साढे १ लिटरको मोविल १ सय ९४ वट्टा गरी ६ सय ५९ वट्टा मोविल फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।
अवैध फेला परेको मोविल राजापुर भन्सार कार्यालय बर्दियामा पठाइएको डिएसपी अर्यालले जानकारी दिए ।