Aamsanchar

सुनसरीको कोशीमा चट्याङ लागेर १८ वर्षीय युवकको मृ*त्यु

Author Image
शुक्रवार, भदौ १४, २०८१

धरान – सुनसरीको कोशी गाउपलिका-४ मा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । शुक्रवार बिहान लागेको चट्याङले स्थानीय १८ वर्षीय अक्रम मियाको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए ।

उनका अनुसार अर्का ५० वर्षीय हबिस अन्सारी गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

बिहीवार दिउँसोदेखि परेको वर्षाका कारण धरान-११ को खहरे खोलाले बगाएर १४ वर्षीय बालक रोशन लिम्बुको मृत्यु भएको छ । त्यस्तै वर्षाले धरान-धनकुटा सडकमा पहिरो गइ अवरुद्ध हुँदा यातायातका सधन सञ्चालन हुन सकेका छैन ।

पहिरोले सुनसरीको प्रमुख धार्मीक स्थल बराहक्षेत्र मन्दिर जाने बाटोमा पनि अवरोध पुगेको एसपी रेग्मीले बताए । दुबै स्थानमा प्रहरी परिचालन गरि बाटो खुलाउने काम भैरहेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर