Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
सोमवार, भदौ १७, २०८१

काठमाडौं – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे मुल्य
शुक्रवार, चैत २०, २०८२
सुनको भाउ घट्यो
बिहिवार, चैत १९, २०८२