Aamsanchar

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान अमेरिकाको कब्जामा

Author Image
मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं – अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ।

अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो। अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ।

सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ। साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारवाही गर्न स्वतन्त्र रहेको बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर