

काठमाडौं – मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत धादिङ र चितवनको सिमानामा जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन्। दुर्घटनामा कार चालक घाइते भएका छन्।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक ठोक्किएका हुन्।
थप घटनाको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

Views: 96


