Aamsanchar

पहिरो खस्दा दुई जना पुरिए

Author Image
आइतवार, भदौ २३, २०८१

काठमाण्डौ – जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा दुई जना पुरिएका छन् । बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिनुभएको हो ।

गएराति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिनुभयो । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर