Aamsanchar

तीजको दिन रेकर्ड बनाएको सुनको भाउ आज कति छ ?

Author Image
आइतवार, भदौ २३, २०८१

काठमाण्डौ – अस्ति शुक्रवार हरितालिका तीजको दिन रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ । शुक्रवार तीज पर्वको दिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घटेर तोलाको एक लाख ५२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार तीन सय पुगेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँ घटेर चाँदी आज तोलाको एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रवार चाँदी तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर