Aamsanchar

सरकारले कोरोना बिमाबापतको रकम नदिएको भन्दै सर्वोच्च अदालतमा रिट

Author Image
आइतवार, भदौ २३, २०८१

काठमाडौं – सरकारले कोरोना बिमाबापतको रकम नदिएको भन्दै बिमा कम्पनीहरूले सर्वोच्च अदालतमा रिट हालेका छन् । १४ वटै निर्जीवन कम्पनीका तर्फबाट आइतबार रिट दायर गरिएको नेपाल बिमक संघका महासचिव अशोककुमार खड्काले जानकारी दिए ।

सरकारले कोरोना बिमाबापतको करिब ११ अर्ब रुपैयाँ दिन बाँकी रहेको संघको भनाइ छ । मुद्दाको छिनोफानोसँगै कोरोना बिमा भुक्तानीको विषय टुंगो लाग्ने अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।

कोरोनाको समयमा बिमा प्राधिकरणले गलत नीति लिँदा अहिलेको अवस्था सिर्जना भएको बताइँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर