Aamsanchar

ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको नदीमा डुबेर ज्यान गयाे

Author Image
आइतवार, भदौ २३, २०८१


वीरगन्ज – पर्सामा ऋषिपञ्चमीका दिन आमासँगै नदीमा नुहाउन गएका दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ। जगरनाथपुर गाउँपालिका-५ मसिहानी टोल नजिकको गंगोल नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा मृत्यु हुनेहरूमा भारत बिहारको बेनिया बनकटवाका बृजेश ठाकुरका छोरा १० वर्षीय गुलशन ठाकुर हजाम र बिहारकै सिक्टाका अनरजित पटेलका छोरा ८ वर्षीय अभिषेक पटेल रहेका छन्। दुवै बालक जगरनाथपुर-५ मसिहानीस्थित मावलीघरमा बस्दै आएका थिए।

आइतबार अपराह्न ४ बजेतिर गाँउका महिलाहरु ऋषिपञ्चमीका दिन गंगोल नदीमा नुहाउन गएका बेला ती दुवै बालक पनि आफ्नी आमासँगै गएका थिए। महिलाहरू नदीमा नुहाइरहेका बेला ती दुवै बालक पनि नुहाउन नदीमा पसेका थिए। नदीमा पसेका दुवै बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

दुवै शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)