Aamsanchar

बिर्तामोड २ सोमबारेमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने 

Author Image
मङ्गलवार, भदौ २५, २०८१

चारपाने । झापाको बिर्तामोड २ सोमबारेमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सोमबारे योङ स्टार फुटबल क्लबको आयोजनामा प्रतियोगिता आयोजना हुने आज (मंगलबार) आयोजित पत्रकार भेटघाट कार्यक्रमका जानकारी दिइएको हो ।

जिल्ला स्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ आगामी असोज ७ गते देखि १३ गते सम्म आयोजना हुने आयोजक संस्थाका अध्यक्ष उमेश राईले जानकारी दिए ।

खेल क्षेत्रको प्रवर्द्धन र सामाजिक क्षेत्र अन्तरगत सोमबारे क्षेत्रमा पर्ने करिव १ किलो ८ सय मिटर सडकमा रहेको विजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्षले राईले बताए ।

अनुमानित ६ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताको लागि ४ लाख रकम सहयोग स्वरुप जम्मा भई सकेको र बाकी रकम पनि उठ्ने क्रममा रहेको आयोजकले जनाएको छ ।
रकमको श्रोत के हो भन्ने प्रश्नमा अध्यक्ष राईले भने ‘सोमबारे क्षेत्रमा बसोबास गर्ने हाल वैदेशिक रोजगारीमा रहेका युवाहरुले पठाएको आर्थिक सहयोग नै मुख्य श्रोत हो, फुटबल प्रतियोगिता सम्पन्न गरे सँगै बचेको रकम र नपुगे आन्तरिक श्रोत जुटाएर रकम थप गरेर सडक बत्ती जडान गर्ने छौँ ।’

प्रतियोगिताको लागि १२ वटा फुटबल क्लबले नाम दर्ता गरिसकेको क्लबका सचिव माधव खरेलले जानकारी दिए । उनका अनुसार आयोजक, शनिश्चरे, राजगढ, अर्जुनधारा, जलथल, कनकाई, सैनिक, शिवशताक्षी, चन्द्रगढी, घैलाडुब्बा, बुट्टाबारी र बिर्तामोडबाट आउने क्लव हरुको सहभागिता रहने छ ।
प्रतियोगितामा विजयी हुने टिमलाई ५१ हजार र  उपविजेतालाई २५ हजार ५ सय रुपैयाँ सहित प्रमाण पत्र र ट्रफी मेडल उपलब्ध गराउने बताइएको छ । अन्य ६ वटा विधाको पुरस्कार केही दिन भित्र तय गर्ने जनाइएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्थानीय सामाजिक अगुवा धर्म लक्सम्बा, क्लबका कोषाध्यक्ष बुद्धराज वेघा, स्थानीय टोल समिति अध्यक्ष बुद्धवीर राईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले समाजिक कार्य गर्ने उद्देश्यले आयोजना गर्न लागिएको फुटबल प्रतियोगिता गर्नको लागि आफ्नो व्यक्तिगत तर्फबाट सकेको सहयोग गर्ने र यो प्रतियोगिता सम्पन्न गर्न सबै खेलप्रेमी समाजसेवी व्यक्‍तित्वले  सहयोग गर्नेमा आशा गर्दै आर्थिक सहयोगका लागि अपील समेत गरे ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
9
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर