Aamsanchar

हिलेखोलामा जीप दुर्घटना

Author Image
बुधवार, भदौ २६, २०८१

अर्घाखाँची – अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिकाको हिलेखोलामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । यस्तै नौ जना यात्रु घाइते भएका छन् ।

छत्रदेव गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज ४७६३ नम्बरको जीप आज बिहान शितगंगा–१२ हिलेखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा छत्रदेव–५ टुनिचौरका ६५ वर्षका रामप्रसाद पन्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी)प्रतीत सिंह राठौरले बताउनुभयो ।

दुर्घटना घाइते भएका नौ जनामध्ये छत्रदेव–५ का चुराबहादुर खत्री, सावित्रा विक र दीक्षा पौडेललाई थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । अरू घाइतेहरू अनिता परियार र उहाँका २० महिनाका छोरासहित गीता आचार्य, कमला अधिकारी, अनुष्का र विष्णु थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर