Aamsanchar

पाँचथर ग्रिनेड विष्फोट घटना : मृतक परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार गर्ने निर्णय

Author Image
बुधवार, भदौ २६, २०८१

झापा – सरकारले पाँचथरको फालेजुङ गाउँपालिका–५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परेर ज्यान गुमाएका परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विस्फोटमा घाइते भएका दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णयसमेत गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।विस्फोटमा परी साढे २ वर्षीया प्रिन्सा र ११ वर्षीय दिप्सन सावाँको मृत्यु भएको थियो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र सात वर्षका दिप्सन राईको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर