Aamsanchar

नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई हरायाे

Author Image
बुधवार, भदौ २६, २०८१

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिसले कोशीलाई ४–० गोलले हरायो । पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लवती र अमृता जैशीले समान १ गोल गरे ।

यो जीतसँगै पुलिस ४ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोशी ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रतियोगितामा आजको दोस्रो खेलमा अहिले दिउँसो साढे ३ बजे कर्णाली प्रदेश र सङ्कट क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर