Aamsanchar

हिन्दु परम्परा अनुसार बिहीबार के गर्नु हुन्छ के गर्नु हुदैन ? 

Author Image
बुधवार, भदौ २६, २०८१

हिन्दू पात्रोका अनुसार प्रत्येक दिन कुनै न कुनै भगवानमा समर्पित हुन्छ। आज बिहिबारको बारेमा कुरा गरौं । यो दिन भगवान विष्णु र बृहस्पति प्रति समर्पित छ, जसलाई सबै देवताहरूको गुरु पनि भनिन्छ। ग्रहहरुको स्थिति अनुसार बिहिवार बृहस्पतिको पूजाको दिन हो। यदि हामी कुण्डलीको बारेमा कुरा गर्छौं भने बृहस्पतिको कमजोर स्थितिले तपाईंको स्वास्थ्य, व्यक्तिगत जीवन र अन्य धेरै कुराहरुमा नकरात्मक प्रभाव पार्न सक्छ। त्यसकारण यो विश्वास गरिन्छ कि बिहिबारको दिन बृहस्पति ÷ भगवान विष्णुको पूजा गर्नु वास्तवमा लाभदायक हुन सक्छ।

बिहिबार गर्नुहोस् यी कामहरु–

तपाईंको कुण्डलीमा यदि बृहस्पति कमजोर छ वा राहु–केतुको साथमा स्थित छ भने बिहिबारको दिन चनाको दाल, पहेंलो कपडा वा पहेंलो चीज ब्राह्मणलाई वा दुखी गरिबलाई दान गर्नुहोस्।

कमजोर बृहस्पतिलाई बलवान् बनाउनको लागि यस दिन केराको बोटमा वा त्यसको जरामा पानी चदाउँदै “ॐ नमो भगवते वासुदेवाय नमः“ यो मन्त्रको जप गर्नु शुभ हुन्छ।

सुनको खरीद गर्नका लागि यो उत्तम दिन हो, यो तपाईंको लागि भाग्यशाली साबित हुनेछ।

यदि बृहस्पति ग्रहको शान्ति पुजा यस दिन गरिन्छ भने यसले शुभ फल दिन्छ।

पढाईकाअवरोधहरू हटाउनका लागि यस दिन भगवान गणेशको पूजा गर्नुहोस्।

तपाईंको प्रवेश द्वारको दुवै पट्टि हल्दी र गंगाजलले स्वस्तिक बनाउनुहोस् र यसको पूजा गर्नुहोस्। यसले परिवारमा समृद्धि र शान्ति ल्याउनेछ।

यदि कसैको विवाहमा समस्या छ भने नुहाउने पानीमा थोरै हल्दी राखेर नुहाउनुहोस् र नुहाउँदा “ॐ नमो भगवते वासुदेवाय नमः“ यो मन्त्रको जप गर्नुहोस्। यसले तपाईंको विवाहमा रहेको बाधा हटाउन सहयोग गर्न सक्छ।

बिहिबारको दिन विशेष गरेर सूर्योदय भन्दा पहिले उठेर नुहाउनुहोस् र विष्णु सहस्रनाम स्तोत्रको पाठ गर्नुहोस्।

बृहस्पतिले तपाईंलाई जीवनको सही मार्ग हिड्न मद्दत गर्दछ र तपाईंले बृहस्पतिको आराधना गर्नुपर्छ।

आर्थिक अवस्था सुधार गर्नको लागि बिहिबार तुलसीको बोटमा गाईको काचो दुध चलाउनुहोस्।

यदि तपाईं भगवान विष्णुलाई प्रसन्न पार्न बिहिबारको उपवास गर्नुहुन्छ भने तपाईंले विभिन्न स्वास्थ्य लाभहरू पाउनुहुनेछ। यसले कुनै पनि पेटका समस्याहरूलाई टाढा राख्छ।

बिहिबार बिहान सबेरै उठेर नुहाउनुहोस् र यदि सम्भव छ भने यस दिन पहेंलो कपडा लगाउनुहोस्। यस दिन विष्णु मन्दिरमा गएर पुजा गर्नुहोस् र पुजाको लागि पहेंलो फूल, पहेंलो मिठाई, हल्दी आदिको प्रयोग गर्नुहोस्। यस व्रतमा केराको रूखको पूजा गर्नुहोस् र केराको रूखको जरामा दाल चढाउनुहोस्। त्यसपछि बत्ती बालेर केराको रूखको पूजा गर्नुहोस्। यदि सम्भव छ भने केराको बोटको नजिकै बसेर बिहिबारको व्रत कथाको पाठ गर्नुहोस् । यसले तपाईंलाई राम्रो परिणाम दिन सक्छ।

बिहिबार नगर्नुहोस् यी कामहरु–

बिहिबारको दिन आफ्नो कपाललाई धुन वा काट्न र साबुन, शैम्पू, सर्फ, आदि प्रयोग गर्न निषेध गरिएको छ।

ज्योतिषका अनुसार यस दिनमा कपाल काट्नाले हाम्रो आर्थिक सम्भावनालाई कमजोर पार्छ र सन्तान प्राप्तिमा बाधा उत्पन्न गर्दछ।

जो व्यक्ति विवाहको आशा राख्छन्, त्यस्ता व्यक्तिहरुले यस दिनमा आफ्नो कपाल धुनु हुँदैन किनकि यो अशुभ मानिन्छ र विश्वास गरिन्छ कि यसले विवाहलाई ढिलाइ गर्दछ।

यदि विवाहित महिलाहरूले यस दिन आफ्नो कपाल धोए भने यसले उनीहरूको वैवाहिक जीवनमा बाधा उत्पन्न गर्न सक्छ।

विशेष गरेर पुरुषहरूको लागि बिहिबारको दिन कपाल वा दाह्री काट्ने कामले उनीहरूको आयु कम गर्दछ।

बिहिबारको दिन घर सफल गर्नु शुभ मानिन्छ।

बिहिबारको दिन दक्षिण दिशामा यात्रा गर्नु हुँदैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर