Aamsanchar

जिउँदाे व्यक्तिलाई मृत्यु भएको र मृत्यु भएको व्यक्ति बाँचेको सिफारिस दिने वडा अध्यक्ष पक्राउ

Author Image
बिहिवार, भदौ २७, २०८१

इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिका-७ का वडा अध्यक्ष सुर्यनारायण यादव लिखत सम्बन्धी कसुरमा पक्राउ परेका छन् । यादवलाई देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालयमा सर्जमिन हुँदा जिउँदै व्यक्तिलाई मृत्यु भएको र मृत्यु भएको व्यक्ति बाँचेको सिफारिस दिएकाले लिखत सम्बन्धी कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।

तत्कालीन राजगञ्ज सिनुवारी गा.वि.स.को कार्यालयमा राम यादवले झुट्टा विवरण पेस गरी सम्बन्धित पञ्जिकाधिकारीद्वारा मृत्यु दर्ता प्रमाण पत्र बनाई सुनसरी जिल्ला अदालतमा पेस गरेको मृत्यु दर्ता प्रमाण पत्रलाई पुनः प्रमाणित गरेकाले यादवलाई पक्राउ गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन सम्बन्धी कसुरमा देवानगञ्ज गाउँपालिका ७ नं.वडा कार्यालयमा सर्जमिन हुँदा वडा अध्यक्ष सुर्यनारायण यादवले देवानगञ्ज गाउँपालिका वडा नं.७ का सिताराम यादवको छोरा राम यादवको मृत्यु भइसकेको भनी झुट्टा विवरण लेखाई सर्जमिन गर्नुभएको थियो ।

सोही विवरण अदालत सहित विभिन्न कार्यालयहरूमा पठाई राम भन्ने रामानन्द यादवलाई अदालतबाट तोकिएको १० दश वर्षको कैदको लागत कट्टा गराउने नियत राखेकाले लिखत सम्बन्धी कसुरमा कारबाही गर्न यादवलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

उता देवनागञ्ज गाउँपालिका कार्यपालिकाका सदस्यहरू र वडाअध्यक्षहरुले यादवलाई राजनीतिक प्रतिसोधका कारणले पक्राउ गरेको भन्दै बिना सर्त रिहा नगरेसम्म गाउँपालिका र वडा कार्यालयहरू अनिश्चित कालका लागि बन्दको घोषणा गरेको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष अनिलकुमार भगतले वडा अध्यक्ष यादवलाई राजनीतिक प्रतिसोधका कारणले पक्राउ गरेकोले विना सर्त रिहा नगरेसम्म आफूहरूले गाउँपालिका र वडा कार्यालयहरू अनिश्चित कालका लागि बन्दको घोषणा गरेको पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर