Aamsanchar

प्रधानमन्त्रीबाट पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापक पुरस्कृत

Author Image
शुक्रवार, भदौ २८, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई शुक्रबार पुरस्कृत गर्नुभएको छ ।

मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई ६५ लाख रुपियाँ पुरस्कार राशीमा कर नकटाई पुरस्कृत गरिएको हो । यस्तै, सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपियाँ पुरस्कारसहित सम्मान गरिएको छ ।

युुवा तथा खेलकुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताउनुभयो ।

उहाँले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर