Aamsanchar

फेरि सर्‍यो पत्रकार महासंघको चुनाव

Author Image
शुक्रवार, भदौ २८, २०८१

काठमाडौं : नेपाल पत्रकार महासंघको तीनै तहमा नयाँ नेतृत्व चयनका लागि गर्ने भनिएको निर्वाचन फेरि सरेको छ।

असोज ५ गतेका लागि पूर्वनिर्धारित निर्वाचन असोज १२ गते शनिबारका लागि सारिएको हो।

कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएपछि उत्पन्न असहज परिस्थितिका कारण निर्वाचन सार्नुपरेको उल्लेख गरेका छन्।

पोखरेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची बिहीबारै निर्वाचन समितिलाई हस्तान्तरण गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

मतदाता सूची र निर्वाचन तालिका भोलि शनिबार सार्वजनिक गर्ने समझदारी भएको कार्यवाहक अध्यक्ष विष्टले उल्लेख गरेका छन्।

सदस्यता शुद्धीकरणमा विवाद हुँदा महासंघको निर्वाचन पटक-पटक स्थगित हुँदै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर