Aamsanchar

भद्रपुरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता जारी

Author Image
शनिवार, भदौ २९, २०८१

भद्रपुर । झापाको भद्रपुरमा हिजोदेखि सुरु भएको कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भद्रपुर–८ स्थित मेची रंगशाला परिसरमा रहेको कभर्डहलमा प्रतियोगिता सुरु भएको हो ।
पहिलो दिन पुरुष खुला डबल्स र भेट्रान्स डबल्स गरी २४ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ ।
संघका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा हिजो विहान आयोजित एक समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्रतियोगिता उद्घाटन गरेका थिए ।
संघका सचिव तिर्थराज ढकालले सञ्चालन गरेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले पछिल्लो समय भद्रपुरमा खेलकुद गतिविधिमा तीव्रता आएको बताउँदै खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिका लागिपरेको जानकारी दिए ।

समारोहमा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजी बहादुर श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वाँस्तोला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष दिपेश ढकालले प्रतियोगिताको औचित्यसहित स्वागत मन्तव्य राख्नुभएको सो समारोहमा केन्द्रीय अध्यक्ष श्रेष्ठलाई ब्याडमिन्टनलगायत खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको थियो ।

हिजो भएका खेलमा पुरुष खुला डबल्सतर्फ लोकेश काम्बाङ र निरोज सिलवालको जोडीले कुनाल अधिकारी र सुजन मगरको जोडीलाई, मनराज राई र श्यामसुन्दर शाहको जोडीले रिवाज ढुंगेल र बालकुमार तामाङको जोडीलाई, दिलकुमार आचार्य र पुष्पराज पाण्डेको जोडीले श्यामकुमार राई र प्रदीप उराउको जोडीलाई, घनेन्द्र वस्नेत र उदीप राईको जोडीले प्रमोद लिम्बू र अनुप मगरको जोडीलाई, विशाल पकुवाल र सरोज राईको जोडीले राजधन राई र छवि रेग्मीको जोडीलाई, कृष्ण खड्का र शैलेन्द्र कुरुम्बाङको जोडीले डा. मनिष सुवेदी र डा. अनिल यादवको जोडीलाई, सविन अधिकारी र प्रज्वल ओझाको जोडीले दिपक मेचे र अनुज श्रेष्ठको जोडीलाई, सुनिल कार्की र महेश खड्काको जोडीले तिलक वस्नेत र गंगा राईको जोडीलाई, लोकेश काम्बाङ र निरोज सिलवालको जोडीले चाणक्य पाठक र उत्सव उप्रेतीको जोडीलाई, सुप्रिम पन्त र लाक्पा शेर्पाको जोडीले मनोज राई र श्यामसुन्दर शाहको जोडीलाई, सोमबर चौधरी र विशाल प्रधानको जोडीले दिलकुमार आचार्य र पुष्पराज पाण्डेको जोडीलाई, विनय चौधरी र दर्पण लिम्बूको जोडीले घनेन्द्र वस्नेत र उदीप राईको जोडीलाई, विवेक कन्दङ्वा र नेल्सन राईको जोडीले विशाल पकुवाल र सरोज राईको जोडीलाई, कृष्णि खड्का र शैलेन्द्र कुरुम्बाङको जोडीले मन्दीप घले र मौनहाङ राईको जोडीलाई तथा बीरबहादुर गुरुङ र पी सिंह ठकुरीको जोडीले सविन अधिकारी र प्रज्वल ओझाको जोडीलाई पराजित गरेको संघका उपाध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।

त्यस्तै, भेट्रान्स डबल्सतर्फ डिल्ली कार्की र राम तामाङ योञ्जनको जोडीले रुद्र मगर र दिपक पण्डितको जोडीलाई, केबी गुरुङ र बीरबहादुर राईको जोडीले श्याम चौधरी र अशोक पुडासैनीको जोडीलाई, वण घिमिरे र धनकुमार श्रेष्ठको जोडीले गोविन्द साहेवाला र उत्तम तुलाधरको जोडीलाई, नन्दकिशोर गोयल र देवेन्द्र थाम्सुहाङको जोडीले समिर वस्नेत र पञ्च लिम्बूको जोडीलाई, राजकुमार घिमिरे र गोपाल थपलियाको जोडीले विपिन लम्साल र विनोद निरौलाको जोडीलाई, प्रकाश दाहाल र श्रीप्रसाद धिमालको जोडीले लरेन्स विष्ट र महेन्द्र घिमिरेको जोडीलाई, मदन लिम्बू र गणेश राईको जोडीले रमेश भुवाजी र मिलन केसीको जोडीलाई, टलमान गुरुङ र अर्जुन सुब्बाको जोडीले रामअवतार घिमिरे र उमानाथ सिलवालको जोडीलाई तथा लर्खरे धिमाल र राजकुमार दुलालको जोडीले रविन्द्र भट्टराई र केदार गिरीको जोडीलाई पराजित गरेको संघका उपाध्यक्ष घिमिरेले जानकारी दिए ।
आइतबारसम्म चल्ने प्रतियोगितामा कुल ४७ खेल हुने बताइएको छ ।

भारतको दार्जीलिङस्थित सलोनी टि प्रा.लि ले प्रायोजन गरेको प्रतियोगिताको खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् भने दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०–१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
त्यस्तै, भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)