Aamsanchar

एपीएफ एन्फा महिला फुटबल लिगको शीर्ष स्थानमा

Author Image
आइतवार, भदौ ३०, २०८१

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मदैनमा भएको खेलमा एपीएफले कर्णालीलाई ६–० गोलले हराएको हो ।

एपीएफका लागि रश्मीकुमारी घिसिङले २ तथा निशा थोकर, गीता रानामगर, हिमा रावत र वर्षा ओलीले समान एक गोल गरे । यो जीतसँगै एपीएफ पाँच खेलमा १३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान खेल खेलेको कर्णाली एक अङ्कका साथ नवौं स्थानमा छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर