Aamsanchar

यस्तो छ आज सुनचाँदीको मूल्य 

Author Image
सोमवार, भदौ ३१, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन तोलामा ५ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२