Aamsanchar

महलाई ´ब्रान्डिङ` गरेर बजारमा ल्याइए पनि बजारै पाएन, किसान समस्यामा

Author Image
सोमवार, भदौ ३१, २०८१

चितवन – चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा चितवनमा उत्पादन गरिएको महलाई ´ब्रान्डिङ` गरेर बजारमा ल्याइएको छ । तर महले बजार नपाएर किसानको घरमै थन्किने अवस्था आएको कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले बताउनुभयो ।

वार्षिक ६ टन मह उत्पादन गर्दै आउनुभएका पौडेलले व्यावसायिक रूपमा मह उत्पादन गर्न थाले पनि बजार नपाउने समस्याले किसान थलिएकाले बजार व्यवस्थापनका लागि सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले चितवनमा ३० हजार बढी मौरीका घारबाट वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित महमध्ये अहिले पाँच सय मेट्रिक टन मह बिक्री हुन नसकेर किसानको घरमा थन्किएको छ । फेरि मह निकाल्ने समय भए पनि पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।

गएको वैशाखदेखि सरकारले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उहाँको भनाइ छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)