Aamsanchar

मलेसियामा सम्पन्न एसियाली ट्रायल मास्टरमा नेपालकी प्रिया राईलाई स्वर्ण

Author Image
सोमवार, भदौ ३१, २०८१


काठमाडौं – नेपालकी प्रिया राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिपको फाइनलमा स्वर्ण पदक जितेकी छन्। मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रियाले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन्।

सोही स्पर्धामा नेपालकी रसिला तामाङले कांस्य जितिन्। रसिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिएकी थिइन्। यो स्पर्धामा नेपालका छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङफुर्वा शेर्पा २२औं स्थानमा रहे। च्याम्पियनसिपमा ३५ खेलाडी सहभागी थिए।

पुरुष ७८ किलोमिटर दूरीमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १०औं, लोकेन्द्र राईले १४औं, फुर्पासिंह तामाङले २२औं र मिलन राईले २७औं स्थानमा दौड टुंगाए।

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्यसमेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले खेलाडीलाई बधाइ दिँदै सफलताले नेपाल साहसिक दौडमा अब्बल छ भन्ने सन्देश प्रवाह भएको धारणा व्यक्त गरे। नेपाली टोली असोज १ गते स्वदेश फर्किने छ। च्याम्पियनसिपका लागि नौ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली मलेसिया गएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर