Aamsanchar

माेरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

Author Image
सोमवार, भदौ ३१, २०८१

उर्लाबारी- मोरङको मिक्लाजुङ-१ गुरधुममा जङ्गली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी भएका छन् । आइतबार साँझ जङ्गलबाट ल्याएको विषालु च्याउको तरकारी खाएपछि गङ्गा राईको परिवारका सदस्यहरू बिरामी भएका हुन् ।

बिरामी हुनेहरूमा गङ्गा राईकी पत्नी ५८ वर्षीया बलमाया राई, उहाँका छोराहरू २५ वर्षीय सुजन र १८ वर्षीय कुमार, तथा बुहारी २४ वर्षीया मञ्जु राई रहेका छन्। बिरामी परेका चारै जनालाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा पुर्‍याइएको छ ।

रातको १२ बजे अस्पताल पुर्‍याइएका बिरामीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको वडा नम्बर १ का वडाध्यक्ष पर्वत राईले बताउनुभयो । स्थानीय दीपक राईले उनीहरूलाई अस्पताल पुर्‍याएका हुन् ।

चिकित्सकहरूका अनुसार बिरामीहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूलाई विषाक्त च्याउका कारण पेट दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर