Aamsanchar

इलामको पशुपतिनगरबाट भारततर्फ जाँदै गरेका ११ जना बालक नियन्त्रणमा

Author Image
सोमवार, भदौ ३१, २०८१

इलाम-नेपालबाट भारततर्फ जाँदै गरेका ११ जना बालकलाई इलामको पशुपतिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । १० देखि १३ वर्ष उमेर समूहका ती बालकहरु बौद्धधर्म अध्ययनका लागि जान लागेको उनीहरुले बताएको प्रहरीले जनाएको छ ।

´भारतको काँगडास्थित एक विद्यालयमा बौद्धधर्म पढ्ने एडमिसनका लागि फारम खुलेको र त्यहाँ जान लागेको उनीहरुले बताएका छन्`, पशुतिनगरस्थित प्रहरी निरीक्षक छेछिन्जो भोटेले भन्नुभयो, `उनीहरुका अभिभावकलाई सोधपुछ गरेर मात्र जान दिने गरी सोधपुछका लागि राखिएको छ ।`

भारत हिँडेका बालकसँग पहिला त्यही स्कुल पढेका केही इलामका र बाहिरी जिल्लाका अन्य व्यक्तिसमेत रहेको बताइएको छ । इलामसहित काठमाडौं, सर्लाहीदेखिका बालक भारत जान पशुपतिनगर पुगेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर