Aamsanchar

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि विज्ञापन आह्वान

Author Image
सोमवार, भदौ ३१, २०८१

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि विज्ञापन आह्वान गरेको छ । एन्फाले आज विज्ञप्ति निकालेर यसबारेमा जानकारी गराएको हो ।

५ देखि १० वर्षको प्रशिक्षण अनुभव भएका, प्रो–लाइसेन्स प्राप्त प्रशिक्षकले आवेदन दिन सक्ने विज्ञप्तिमा उल्लेख छ । योग्यता पुगेका व्यक्तिले १५ दिनभित्रमा आवेदन दिनसक्ने एन्फाले जनाएको छ ।

एन्फाले अहिलेका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गर्दै नयाँ प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया थालेको हो । एन्फा कार्यसमितिको भदौ ११ र १४ गतेको बैठकले एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर