

झापा – झापाका प्रगतिशील साहित्यकार तथा समालोचक पुण्य खरेलको निधन भएको छ । ६३ वर्षीय उनको काठमाडौमा मंगलबार बिहान निधन भएको हो । विर्तामोड नगरपालिका-५ निवासी मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक खरेलको हृदयघातवाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

खरेलको एउटा समालोचना कृति छ । भाषा तथा साहित्य विषयको अध्येता समेत रहेका उनी एक साता अघि मुटुमा सामान्य भएपछि उपचारका लागि काठमाडौं गएका थिए । उनको काठमाडौंमै निधन भएको हो ।
Views: 119


