Aamsanchar

फोहरबाट जैविक मल उत्पादन थालियो

Author Image
शुक्रवार, असोज ४, २०८१

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन शुरू गरेको मेयर भीमलाल अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाले घरबाट निस्कने फोहरको अनिवार्य वर्गीकरण गरी कुहिने र नकुहिने छुटाछुटै सङ्कलन गरी कुहिने फोहोरबाट मल उत्पादन शुरू गरेको हो ।

मेयर अधिकारीका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्रीसमेत गर्न थालिएको छ । दिगो रूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उहाँले उल्लेख गर्नुभयो ।

पाँच वटा वडाबाट शुरू भएको कार्यक्रम सबै वडामा पुगेको छ । अब छाडा रहेका चौपायाको व्यवस्थापन गरेर गोबर सङ्कलनसमेत गरी कम्पोस्ट मल बनाउने योजना बनाएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर