Aamsanchar

प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

Author Image
शुक्रवार, असोज ४, २०८१

सिरहा । सिरहाको एक आधारभुत विद्यालयका प्रधानाध्यापकको लापरबाहीले पठनपाठन प्रभावित भएको छ।

जिल्लाको गोलबजार नगरपालिका–६ डोहटियास्थित श्री जनहित आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता कुमारी मण्डलको चरम लापरवाहीका कारण पठनपाठन प्रभावित बनेका हुन्।

प्रधानाध्यापक मण्डल र सोही बिद्यालयका शिक्षक सिबेन्द्र यादबबिच करिव दुई महिनादेखी प्रधानाध्यापकको लागि चलिरहेको विवादका कारण बिद्यालयको शैक्षिक अवस्था ध्वस्त हुँदै गईरहेको अभिभावकहरूको आरोप छ।

करार सेवामा कार्यरत मण्डलले विद्यालयका विद्यार्थीहरूलाई उपेक्षा गर्दै आफ्नो कुर्सीको लडाइँमा समय बर्वाद गरिरहेको अभिभावकहरुको गुनासो छ।

अस्थायी करार दरवन्दिको दुईजना, एकजना अनुदान, दुइजना बालविकास र एकजना कार्यालय सहयोगी सहित ६ जनाले विद्यालय चलाउनु परेको प्रधानाध्यापक सुनिता मंडलले बताइन्। उनले, ‘शिक्षक अपुग रहेकोले पठनपाठनमा समस्या भएको स्विकार गरेकी छिन्।

हामी विद्यालय पुग्दा बालविकासमा पढाउने दुई जना शिक्षिका रहेपनि विद्यार्थीहरु कक्षा कोठा कोही सुतीरहेको, कोही रोईकराई रहेको र केही खेलिरहेको पाइयो।

प्रधानाध्यापक मंडललाई बोलाएर बालविकासको हाजिरी रजिस्टर हेर्दा पाँच दिन देखि विद्यार्थीको हाजिर समेत भएको थिएन्। उक्त विषयमा प्रधानाध्यापक सुनिता मंडललाई सोध्दा गैर जिम्मेवार पुर्वक मलाई यो विषय जानकारी नरेहेको बताईन्।

विद्यालयको प्रमुखले कम्तीमा दैनिक कुन शिक्षक आए नआएको, कुन कक्षा कोठा खाली छ, त्यतातिर पनि नजरदिनुपर्ने हो नि? भन्ने प्रश्नमा उनले, ‘मैले सक्ने गरीरहेको छु। शिक्षकको अभाव छ भन्दै पन्छिए।’

विद्यालय रजिस्टरमा हाल २८० जना विद्यार्थीको नामाङ्क भएपनि मण्डलको व्यक्तिगत स्वार्थले शैक्षिक अवस्था खस्किन थालेपछि विद्यालयमा ८० देखि एक सय विद्यार्थीमात्र उपस्थित हुने गरेको छ।

बाल विकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूले नियमित पठनपाठन नपाउँदा उनीहरूको भविष्य अन्योलमा परेको अभिभावक रामजतन साहले बताए। उनले भने, ‘मेरो दुई जना छोरा–छोरी कक्षा ८ र ४ मा अध्ययनरत छन्। पढाई नै हुन छाडेपछि अर्को विद्यालयमा पठाउने सोच बनाएको छु।’

उनले थपे, ‘म आफै विद्यालयमा पुगेरै पटक–पटक प्रधानाध्यापकलाई पढाईमा सुधार गर्न अनुरोध गरे। तर, प्रधानाध्यापकले वास्तानै गर्नुभएन। उनले प्रधानाध्यापक मण्डल विद्यालयको शैक्षिक स्तरलाई गिराउने काम गरेको आरोप लगाए।

प्रधानाध्यापक पदमा आशिन रहन मण्डलले शिक्षा शाखाका कर्मचारी र पालिकाविरुद्ध उच्च अदालत राजविराजमा मुद्दा दायर गरेकी छिन्। यो मुद्दाले विद्यालयको व्यवस्थापनलाई झन् अस्थिर बनाउँदै लगेको स्थानिय अभिभावकहरुको भनाई छ।

यता, गोलवजार नगर शिक्षा शाखा प्रमुख सुवोध लामालाई विद्यालईमा पढाई नै हुदैन भन्ने अभिभावकहरुको गुनासो छ। शाखाले यस विषयमा किन चासो लिएको छैन? भन्ने प्रश्नमा उनले, ‘गुनासो शाखामा पनि आएको हो। म विद्यालय गएर निरीक्षण पनि गरे। त्याँहा शिक्षकको पनि अभाव छ। हामीले तत्कालै एकजना अङ्गग्रेजी शिक्षकलाई काजमा पठायौं तर प्रधानाध्यापकले हजिरी हुन दिन अनाकानी गरी रहेको छ।’

उनले भन्ने, ‘विद्यालयका प्र.अ.मंडलले नगरपालिका र म विरुद्ध समेत उच्च अदालतमा मुद्दा दायर गरेको छ। अदालतले फैसला न सुनाए सम्म हामीे केही गर्न सक्दैनौ।’

पछिल्लो समय बिद्यालयहरुमा राजनीति गर्ने प्रवृत्ति फस्टाएको कारण तराईमा शैक्षिक अवस्था खस्किदै गइरहेको स्थनिय बुद्धिजीवीहरु बताउछन्। तराईमा शैक्षिक अबस्था कम्जोर हुनुको मुख्य कारण केही दलिय शिक्षक र रजनितिकर्मिहरु नै रहेको उनिहरुको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)