Aamsanchar

नेपालले आज पाकिस्तानसँग खेल्दै

Author Image
शनिवार, असोज ५, २०८१

काठमाण्डौ – १७ वर्षमूनीको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि भुटानको थिम्पुमा शुरु हुनेछ ।

हिजोदेखि शुरु भएको च्याम्पियनसिपमा भारतले बिजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा भारतले बङ्गलादेशलाई १–० गोलले हरायो । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा आयोजक भुटानसहित नेपाल, पाकिस्तान र श्रीलङ्का रहेका छन् । नेपालले पर्सि श्रीलङ्क र आउँदो बुधवार आयोजक भुटानसँग खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर