Aamsanchar

डा. सिंह प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा नियुक्त

Author Image
शनिवार, असोज ५, २०८१

जनकपुरधाम – मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामको निर्देशकमा डा.जामुनप्रसाद सिंह नियुक्त भएका छन्। यसअघि निर्देशकको जिम्मेवारीमा रहेका डा। रामनरेश पण्डितलाई संघीय सरकारले सरुवा गरेपछि रिक्त स्थानमा मधेश सरकारले डा.सिंहलाई नियुक्त गरेको हो।

 

नियुक्त भएका डा. जामुनप्रसाद सिंह वरिष्ठ बाल रोग विशेषज्ञ हुन्। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालमा डा। सिंहलाई शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशले नियुक्त गरेको हो।

वरिष्ठ बालरोग विशेषज्ञ डा.सिंह विगत दश वर्षदेखि प्रादेशिक अस्पतालमा कार्यरत छन्। डा. पण्डितलाई मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन्।

यसअघि रहेका निर्देशक डा। रामनरेश पण्डितको सरुवा हुँदा डेढ महिनादेखि पद रिक्त थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर