Aamsanchar

बुद्धशान्तिमा मिडिया कप फुटबल प्रतियोगिता हुने

Author Image
शनिवार, असोज ५, २०८१

बुधबारे । दशैंको अवसर पारेर झापाको बुधबारेमा मिडिया कप फुटबल प्रतियोगिता ९प्रेस क्लब स्तरीय० आयोजना हुने भएको छ । बुद्धशान्ति प्रेस क्लबको आयोजनामा हुने फुटबल प्रतियोगिता आगामी असोज १७ र १८ आयोजना हुने आज (शनिबार) बुघबारेमा आयोजित पत्रकार भेटघाटमा प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले जानकारी दिए ।

झापाका विभिन्न पालिकामा रहेका प्रेस क्लब र सञ्चार गृहमा आवद्ध फुटबल खेल प्रेमी पत्रकारहरूलाई एकै ठाउँ भेला गराएर दशैँको शुभकामना आदानप्रदान सँगै एक आपसको परिचय विस्तार र भ्रातृत्वको सम्बन्ध विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था प्रेस क्लबका उपाध्यक्ष नारायण अर्यालले बताए ।

प्रतियोगिताका लागि ७ वटा टिमले खेल खेल्ने निस्चित भएको छ । आज कुन टिमले को सँग प्रतिष्पर्धा गर्ने भन्ने टाइसिट पछि सार्वजनिक गरिएको छ । टाइसिट अनुसार ६ वटा खेल हुने भएको छ । पहिलो खेल आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लब बिच हुने भएको छ । त्यसैगरी दोस्रो खेल कनकाई र भद्रपुर, तेस्रो मेचीनगर र दमक पत्रकार मञ्च बिच खेल हुने छ । त्यसमा खेलकुद पत्रकार मञ्च झापा वाईमा परेको छ । घटस्थापना १८ गते हुने दुईवटा सेमी फाइनल फाइनल खेल हुने छ ।
प्रतियोगिता विजयी हुने टिले नगद २५ हजार र मेडल, प्रमाण पत्र पाउने छन् । त्यसैगरी उपविजयी हुनेले प्रमाण पत्र मेडल र नगद १५ हजार प्राप्त गर्ने आयोजक प्रेस क्लबका सचिव रोशन भट्टराईले जानकारी दिए ।

होक्सी स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने मिडिया कप प्रतियोगिता सम्पन्न गर्न २ लाख ५० हजार माथि खर्च लाग्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर