Aamsanchar

नेपाल पाकिस्तानसँग १–० गोलले पराजित

Author Image
शनिवार, असोज ५, २०८१

१७ वर्षमूनीको साफ च्याम्पियनशिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । भुटानको थिम्पुमा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भएको हो ।

खेल बराबरीतर्फ अघि बढेकोमा ८२ औँ मिनेटमा पाकिस्तानले गोल गरेर विजयी भएको हो । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा आयोजक भुटानसहित नेपाल, पाकिस्तान र श्रीलङ्का रहेका छन् । नेपालले पर्सि श्रीलङ्का र आउँदो बुधवार आयोजक भुटानसँग खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर