Aamsanchar

यू-२० महिला फिफा विश्वकप फुटबलमा अमेरिका तेस्रो

Author Image
आइतवार, असोज ६, २०८१

काठमाडौं – अमेरिका यू-२० महिला फिफा विश्वकप फुटबलमा तेस्रो बनेको छ।

गएराति कोलम्बियामा भएको तेस्रो स्थानको खेलमा अमेरिकाले नेदरल्याण्ड्सलाई पराजित गर्दै कास्य पदक जित्न सफल भयो। खेलको १०औँ मिनेटमा अमेरिकाले अग्रता लिएको थियो। पहिलो हाफको २६औँ मिनेटमा नेदरल्याण्ड्सले बराबरी गोल गर्‍यो।

त्यसपछि अमेरिकालाई नेदरल्याण्ड्सले दबाबमा राखे पनि कुनै गोल गर्न सकेने। खेलको निर्धारित समयमा एक(एकको बराबरी भएपछि अतिरिक्त समयमा खेलाइएको थियो।

खेलको अन्तिम समयमा अमेरिकाले आत्मघाती गोलको उपहार पायो। ११९औँ मिनेटमा बल क्लियर गर्ने क्रममा नेदरल्याण्ड्सकी बुइकेमाले सिधै आफ्नै पोस्टमा हानेपछि अमेरिकाले उपहार गोल पायो।

प्रतियोगिताको फाइनल खेल आज हुनेछ। आज राति पौने ३ बजे उपाधिका लागि जापान र उत्तर कोरिया आमनेसामने हुनेछन्। उत्तर कोरियाले अमेरिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने जापानले नेदरल्याण्ड्सलाई हराउँदै उत्तर कोरियासँगको भेट पक्का गरेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर