Aamsanchar

सैन्य परेडमा इरानद्वारा स्वदेशी मिसाइल र ड्रोन अनावरण

Author Image
आइतवार, असोज ६, २०८१

इरानले आफ्नो देशको सशस्त्र बलद्वारा आयोजित परेडमा लामो दूरीको ब्यालिस्टिक मिसाइल र ड्रोनको अनावरण गरेको छ। दक्षिणी तेहरानमा इस्लामिक गणतन्त्रका दिवंगत संस्थापक इमाम खोमेनीको समाधिस्थलमा परेडको क्रममा पहिलोपटक जहाद नामको ब्यालेस्टिक मिसाइल र शाहेद–१३६बी नामक ड्रोन प्रदर्शन गरिएको थियो।

उक्त कार्यक्रमले सन् १९८० को दशकमा भएको आठ वर्षको इरान–इराक युद्धको सम्झनामा पवित्र रक्षा सप्ताहको शुरुवात भएको उल्लेख गरिएको छ। ठोस इन्धनद्वारा सञ्चालित एक चरणको जहाद ब्यालिस्टिक मिसाइलले एक हजार किलोमिटर टाढासम्मको लक्ष्यलाई सटीकताका साथ प्रहार गर्नसक्छ। फार्सका अनुसार यो इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरको एयरोस्पेस फोर्सले डिजाइन र विकास गरेको हो। टर्बोजेट इन्जिनद्वारा सञ्चालित शाहेद–१३६बी ड्रोनले २ हजार ५ सय किलोमिटर टाढाको लक्ष्यलाई नष्ट गर्नसक्छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)