Aamsanchar

तिन लाख मूल्य बराबरको भन्सार छलीको समान बरामद

Author Image
आइतवार, असोज ६, २०८१

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा रहेका भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको अन्दाजी ३ लाख मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चोक, बैयाबेहडी र त्रिबेणीघाटबाट अन्दाजी रु.२ लाख १८ हजार मूल्य बराबरको किराना सामानहरू, कपडा र सुर्तीजन्य पदार्थहरू, भजनी नगरपालिका स्थित ठेकीपुल र हिकमतपुरबाट अन्दाजी रु.३२ हजार ८२० रुपैयाँ मूल्य बराबरको प्लास्टिक डोरी र सुर्तीजन्य पदार्थहरू बरामद गरेको छ ।

त्यसैगरी कैलालीकै गोदावरी नगरपालिका ०१ अत्तरियाबाट अन्दाजी २८ हजार ५ सय मूल्य बराबरको कपडाहरू बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर