Aamsanchar

‘सोमबारे नकआउट फुटबल टुर्नामेन्ट’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

Author Image
आइतवार, असोज ६, २०८१

चारपाने । झापाको बिर्तामोड २ सोमबारेमा भोलिदेखि आयोजना हुने ‘सोमबारे नकआउट फूटबल टुर्नामेन्ट’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
प्रतियोगिताको लागि मञ्च, स्वागत द्वार, मैदान, साज सञ्जालगायत सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी कामहरू पुरा भएको आयोजक संस्था सोमबारे योङ स्टार फुटबल क्लबका अध्यक्ष उमेश राईले जानकारी दिए ।

जिल्ला स्तरीय नकआउट फुटबल टुर्नामेन्ट उद्‌घाटन असोज ७ गते दिनको १२ बजे हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि स्थानीय ५० भन्दा धेरै व्यवसायी तथा सङ्घ संस्थाहरूले सहयोग गरेका छन् । प्रतियोगिताका लागि मुख्य गरेर दोस्रो पुरस्कार प्रयोजन खेम सेडाईले गरेका छन् । त्यसै गरि सोमबारे निवासी हाल युरोपमा रहेका असिम लिम्बू र विपिन साउदेनबाट अलि ठुलो रकम सहयोग भएको  क्लबका कोषाध्यक्ष बुद्धराज वेघाले जानकारी दिए ।
त्यसैगरी प्रतियोगिताका लागि अशोक चौधरीबाट टेन्ट, पङ्कज पराजुलीले साउण्ड, २ नम्बर वडा कार्यालयको तर्फबाट  ५ थान फुटबल र एक सेट नेटजाली सौजन्य भएको अध्यक्ष राईले आमसंचारलाई बताए ।

खेल क्षेत्रको प्रवर्द्धन र सामाजिक क्षेत्र अन्तरगत सोमबारे क्षेत्रमा पर्ने करिव १ किलो ८ सय मिटर सडकमा रहेको विजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ ।
असोज ७ गते उद्‌घाटन समारोहमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव परशुराम बस्नेतको प्रमुख आतिथ्य रहेको भएको छ । उद्‌घाटन समारोहमा मिनी माउन्टेन इंङ्गलिस स्कुलका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गर्ने र नौमती बाजाको टोलीले खेलाडी अतिथिहरूको स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतियोगिताको लागि चिटिक्क र सुन्दर मैदान बनाउन विशाल राईले व्यवस्थापकीय जिम्मेवारी पुरा गरेका छन् । एन्फाका  सन्तोष दनुवारले खेल खेलाउने छन् । खेललाई मर्यादित र पारदर्शी बनाउन मैदान वरिपरि ८ वटा सीसी क्यामरा जडान गरिएको छ ।

प्रतियोगिताको लागि १२ वटा फुटबल क्लबले भाग लिने छन् ।  उद्‌घाटन खेल राजगढ फुटबल क्लब र शनिश्चरे फुटबल क्लब बिच हुने भएको छ ।
१३ गते सम्पन्न हुने प्रतियोगितामा विजयी हुने टिमलाई ५१ हजार र  उपविजेतालाई २५ हजार ५ सय रुपैयाँ सहित प्रमाण पत्र र ट्रफी मेडल उपलब्ध गराउने आयोजक क्लबका सचिव माधव खरेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)