Aamsanchar

नेपालले आज श्रीलङ्कासँग खेल्दै

Author Image
सोमवार, असोज ७, २०८१

काठमाण्डौ – १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ । भुटानको थिम्पुमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो । नेपाललाई सेमिफाइनल पुग्न यो खेल जित्नैपर्ने हुन्छ । श्रीलङ्का पनि पहिलो खेलमा घरेलु टोलीसँग ५–१ गोलले पराजित भएको थियो ।

यही सेप्टेम्बर २० देखि शुरू भएको प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ । च्याम्पियनशिपको समूह ुबीु मा नेपालसँगै घरेलु टोली भुटान, श्रीलङ्का र पाकिस्तान रहेका छन् । यस्तै समूह ुएु मा भारत, माल्दिभ्स र बङ्गलादेश रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)