Aamsanchar

दुर्गा प्रसाईंको पक्राउविरुद्ध कानुन व्यवसायी बन्दीप्रत्यक्षीकरण रिट लिएर सर्वोच्चमा

Author Image
सोमवार, असोज ७, २०८१

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध उनका कानुन व्यवसायी बन्दीप्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । प्रसाईंका तर्फबाट कानुन व्यवसायी टंक दुलालले आज रिट लगेका हुन् ।सर्वोच्च अदालतमा रिट दर्ताको प्रक्रियामा रहेको दुलालले जानकारी दिए । प्रसाईंलाई आइतबार प्रहरीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

महिलामाथि अभद्र टिप्पणी गरेको उजुरीमा काठमाडौं जिल्ला अदालतले यही असोज ३ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनीसँगै अन्य दुईजनालाई पनि अदालतले पक्राउ गरी अनुसन्धान गर्न पुर्जी जारी गरिदिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर