Aamsanchar

पिर्काले हानेर छोराले पिताको ह*त्या गरे

Author Image
सोमवार, असोज ७, २०८१

नेपालगन्ज- बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीमा छोराले पिर्काले हानेर पिताको हत्या गरेका छन् । बाबु र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षे नैनसिंह क्षेत्रीलाई उहाँका छोरा दिपबहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको बताउनुभयो ।

उहाँका अनुसार प्रारम्भिक अनुसन्धानका अनुसार राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिन्छ । सोही समयमा छोराले बुवालाई पिर्काले हानेर दाहिने हातको नाडी, बायाँ आँखामा र बायाँ खुट्टाको घुँडा मुनी चोट लागेको अवस्थामा नेपालगन्ज मेडिकल कलेजमा उपचार गराउन लगिएको थियो ।गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भण्डारीले जानकारी दिनुभयो । डिएसपी भण्डारीका अनुसार पिर्का प्रहार गर्ने छोरा दिपबहादुर क्षेत्रीलाई आवश्यक अनुसन्धानका लागि इप्रका कोहलपुरमा ल्याएपछि उहाँले आफूले हानेर पिताको हत्या गरेको स्वीकारेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर