Aamsanchar

इलाममा पत्नीको ह*त्या गरी एक जनाले गरे आत्महत्या

Author Image
मङ्गलवार, असोज ८, २०८१

इलाम- इलामको सन्दकपुर गाउँपालिका– १ भित्तेमा एक व्यक्तिले पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । भित्तेका ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीय पत्नी फूलकुमारी राईलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको र उजबहादुरले झुन्डिएर आत्महत्या गरेको भेटिएको इलामका एसपी प्रभुप्रसाद ढकालले बताउनुभयो ।

घटनास्थलमै रहनुभएका एसपी ढकालले घटना हिजो रातीको जस्तो देखिएको बताउनुभयो । सन्दकपुर–१ भित्तेमा एकान्त स्थलमा घर भएका उनीहरूको घरभन्दा मुनिपट्टि बाटो रहेको बाटोभन्दा तल फूलकुमारीको शव रगतपच्छे अवस्थामा भेटिएको ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार फूलकुमारीको टाउको पछाडिको भागमा धारिलो हतियार प्रयोग गरेको देखिएको छ । अहिले घटनास्थलको अनुसन्धान भइरहेको जनाइएको छ । दुवै जनाको शव पोस्टमार्टमका लागि आजै इलाम ल्याइने जनाइएको छ ।

राई दम्पतीका दुई छोरामध्ये एक छोरा विदेशमा र एक छोरा फिक्कलमा रहेको बुझिएको एसपी ढकालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर