Aamsanchar

वालिङको पोष्टमा आर्मीको ८ गोलले हरायो

Author Image
मङ्गलवार, असोज ८, २०८१

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले वालिङलाई आठ–शून्य गोलले हरायो । आर्मीका लागि चन्द्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै विमला विके र अमिशा कार्कीले समान गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पायो ।

यो जीतसँगै आर्मी ८ खेलमा १९ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । वालिङ ८ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।

एन्फा महिला लिगको आजको दोस्रो खेलमा सङ्कटा क्लब र बाग्मती युथ क्लब खेल्दैछन् । यो खेल अहिले दिउँसो साढे ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा शुरू हुनेछ । सङ्कटा तालिकाको छैटौं र बाग्मती युथ आठौं स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर