Aamsanchar

झापामा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर चालकको ज्यान गयाे

Author Image
मङ्गलवार, असोज ८, २०८१

झापा- झापाको दमकमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर सिटी सफारी चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका वडा नं. ८ मा डेरा गरी बस्ने २६ वर्षीय कमल बुर्जामगरको करेन्ट लागेर मृत्यु भएको हो ।

मङ्गलबार बिहान ९ः३० बजेको समयमा टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भएर करेन्ट लागेर गम्भीर घाइते हुनुभएको बुर्जामगरलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी अस्पताल बिर्तामोड लैजादै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)