Aamsanchar

मिक्लाजुङमा चट्याङले लागेर एक जनाको मृत्यु

Author Image
बुधवार, असोज ९, २०८१

विराटनगर – मोरङको मिक्लाजुङमा चट्याङले लागेर मंगलबार राति एकजनाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले झापाको दमक नगरपालिका–४ का ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको जानकारी दिए । घर बनाउने मिस्त्री रहेका मोते मिक्लाजुङ गाउँपालिका–३ तेह्रथुमे टोल बस्ने र नातामा सोल्टी पर्ने भक्तबहादुर नेपालीको घरमा आएका थिए ।

 

नेपालीको घर बनाउन आएका उनको चट्याङले लागेर ज्यान गएको प्रहरीले जनाएको छ । नेपालीको घरको भान्सा कोठाअगाडि उभिएको अवस्थामा राति १० बजेतिर परेको चट्याङले लागेर मोते बेहोस भइ ढलेको डीएसपी बस्नेत बताउँछन् ।

घाइते अवस्थाका मोतेलाई उपचारका लागि दमक अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर