Aamsanchar

दाङमा चट्याङ लागेर छोराको मृत्यु, आमाछोरी घाइते

Author Image
बुधवार, असोज ९, २०८१


दाङ – दाङमा चट्याङ लागेर छोराको मृत्यु भएको छ, भने आमाछोरी घाइते भएका छन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ११ खुङकोट बस्ने ४२ वर्षीया निमकली साहुका ३ वर्षीय छोरा समिर साहु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार मङ्गलबार दिउँसो साढे ३ बजेतिर उनको कच्ची ४ कोठे घरमा चट्याङ पर्दा निमकली, छोरा समिर र ६ वर्षीया छोरी सविना घाइते भएका थिए। घाइते उनीहरूलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर पठाइएको थियो।

समिरको उपचारको क्रममा बुधबार बिहान साढे ८ बजेतिर मृत्यु भएको प्रहरीको भनाइ छ। यस्तै घाइते आमाछोरीको उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको समेत प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर