Aamsanchar

जंगली च्याउ खाँदा माेरङमा चारजना बिरामी

Author Image
बुधवार, असोज ९, २०८१

विराटनगर – मोरङको बूढीगंगा गाउँपालिका–६ औलानपुरमा जंगली च्याउ खाँदा चारजना बिरामी परेका छन् । बिरामी हुनेमा दुई नाबालिकासमेत छन् । विषालु च्याउको तरकारी बनाएर खाँदा बिरामी परेकाहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

बूढीगंगा–६ का २९ वर्षीय इन्द्रकुमार लिम्बूको घरमा मंगलबार राति च्याउको तरकारी बनाएर खाएकाहरूमा वान्ता हुने,छाति दुख्नेलगायतका समस्या देखा परेको थियो । प्रहरीका अनुसार च्याउ खाँदा इन्द्रकुमारसहित उनका ८ र ७ वर्षका छोरीहरू तथा छिमेकी ३८ वर्षीया सीता लिम्बू बिरामी परेका छन् ।

बिरामी परेकामध्ये इन्द्रकुमारको अवस्था मध्यम र अरूको सामान्य छ । घरमा पकाएको च्याउ खाएको भएपनि इन्द्रकुमारकी पत्नीको स्वास्थ्यमा भने समस्या देखिएको छैन । सीताको स्वास्थ्यमा बुधबार बिहानबाट मात्रै समस्या देखिएको थियो । त्यसलगत्तै उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर