Aamsanchar

४ वटा साइकलमा १२ वटा सालको फल्ली बरामद

Author Image
बुधवार, असोज ९, २०८१

रौतहट – पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले अवैध सालको काठ बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट सई जोगेन्द्र चौधरीको कमान्डमा गएको गस्ती टोलीले मंगलवार साँझ चन्द्रपुर ४ जङ्गल टोल स्थित अवैध रूपमा जङ्गलबाट चोरी निकासी गरी ४ वटा साइकलमा १२ वटा सालको फल्ली ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो।

प्रहरीको गाडी देखि साइकल र काठ छाडी मानिसहरू फरार भएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्। बरामद २० क्युफिट भन्दा बढी काठ र साइकल नियन्त्रणमा मानिसहरू खोजी तथा थप बुझ्ने कार्य भइरहेको र काठ तथा साइकल आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर