Aamsanchar

आपत्तिजनक अवस्थामा एउटै कारमा ६ पुरुष र एक महिला पक्राउ, कारमै देहव्यापार गरेको दाबी

Author Image
बुधवार, असोज ९, २०८१

काठमाडौँ – होटलमा तथा फ्ल्याट भाडामा लिएर देहव्यापार हुने गरेका समाचार प्रकाशमा आइरहेका हुन्छन् । तर कारमै देहव्यापार भएको घटनासमेत प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको अम्बेडकरनगर जिल्लामा प्रहरीले कारभित्र अनैतिक काम भइरहेको अवस्थामा ७ जनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा ६ पुरुष र एक महिला छन् । उनीहरू एउटै कारमा थिए । उनीहरूलाई अश्लील गतिविधिमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । बसखारी थाना क्षेत्र अन्तर्गत गस्तीमा रहेको प्रहरी टोलीले राजमार्गमा रोकिएको एउटा कारमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेको हो ।

उनीहरूको साथबाट १० वटा कण्डम, एक हजार ७१० रुपैयाँ नगद, ७ मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ । यस्तै अर्को एक घटनामा प्रहरीले दुई पुरुष र एक महिलालाई पक्राउ गरेको छ । बेवाना थाना क्षेत्र अन्तर्गत चेकिङका क्रममा एक कारमा दुई पुरुष र एक महिला आपत्तिजनक अवस्थामा फेला परेको बताइएको छ । उनीहरूको साथबाट प्रहरीले तीन प्याकेट कण्डम, ४ मोबाइल फोन र दुई हजार ६०० रुपैयाँ नगद बरामद भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर