Aamsanchar

गोली हानेर श्रीमानले गरे श्रीमतीको ह*त्या

Author Image
बिहिवार, असोज १०, २०८१

सर्लाही – सर्लाहीमा गएराति श्रीमानले हानेको गोली लागेर श्रीमतीको ज्यान गएको छ । उनका बुबा घाइते भएका छन् ।

हरिपुर्वा नगरपालिका–५ घर भएका ३० वर्षीय धीरेन्द्र रायले हानेको गोली लागेर श्रीमती २५ वर्षीया चित्रलेखा रायको घटनास्थलमा नै ज्यान गएको हो । गोली लागेर बुवा ५३ वर्षीय दिनेश राय घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । धीरेन्द्र केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी फरार रहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर